काठमाडौं । संसदमा आज (आईतवार) देखि सरकारले प्रस्ततु गरेको नीति तथा कार्यक्रमको छलफल सुरु हुने भएको छ ।
आईतवार विहान ११ बजेदेखि छलफल हुने कार्यक्रमलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
सो कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने प्रतिवाद गर्ने बताइएको छ । एमाले संसदीय दलको शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो ।
संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न एमाले नेताहरुलाई निर्देशन दिएका थिए ।
यस अघि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ ।
छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।
जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Categorized in राष्ट्रिय