९ भाद्र २०८३, मंगलबार
Header

काठमाडौंको नदी किनाराका अतिक्रमित भूमि खाली गराउने घोषणा (नीति तथा कार्यक्रम पूर्ण पाठ)


प्रकाशित: शुक्रवार, ५ जेठ २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।


शुक्रवार संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रमको घोषणा गरेका हुन । 


३४ पेज लामो सो कार्यक्रममा विभिन्न राष्ट्रिय हित, जनस्वास्थ्य, जनजिविका, सेवा सुविधा लगायतका विषयका कार्यक्रहरु प्रस्तुत गरिएको छ । 


नीति तथा कार्यक्रम अन्तर्गतनै सरकारले काठमाडौं उपत्यकासहित नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने घोषणा गरेको छ ।


राष्ट्रपति पौडेलले वास्तविक भूमिहीन र विपन्नलाई स्थानान्तरण गरी नदी किनारका अतिक्रमित भूमिलाई खाली गराउने घोषणा गरेको हो । 


यस्तै उपत्यकालगायत मुलुकका ठुला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनको लागि नीतिगत र संस्थागत व्यवस्था गर्ने कार्यक्रम ल्याएको छ । 


नीति तथा कार्यक्रममा ओपडी सेवा अबदेखि विहान ८ बजेदेखि राती ८ बजेसम्म संचालन गरिने, बैंक खाता खोल्न, सवारी लाईसेन्स लिन, लालपूर्जा जारी गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । 


त्यसैगरी, उच्च मूल्य बृद्धि नियन्त्रण गरिने, बर्षामा ५० र हिँउदमा ३० युनिट विद्युत खपत गर्नेलाई निःशुल्क बत्ति दिने, उच्च पदस्थहरुको सम्पती छानविन गर्ने कार्यक्रहरु सरकारले ल्याएको छ ।

 

पूर्ण पाठ 

 

 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex