९ भाद्र २०८३, मंगलबार
Header

शरणार्थी प्रकरणमा पक्राउ पर्नेमा शरणार्थी नेता रिजालसहित १६ जना पुुग्यो


प्रकाशित: विहिवार, ४ जेठ २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजाललाई दुुई दिन हिरासतमा राखिने भएको छ ।


आज (विहिवार) पक्राउ परेका नेता रिजाललाई शरणार्थी प्रकरणमा संग्लनताबारे अनुसन्धान गर्न झापाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।


पक्राउ परेका एक जनाको डायरीमा नेता रिजाललाई पैसा दिएको देखिएपछि उनलाई अनुसन्धानको दायरमा ल्याएको प्रहरीले बताएको छ । 


प्रहरीले आजै नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ परेको छ । 


अहिलेसम्म पक्राउ पर्नेहरुमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, टेकनारायण पाण्डे, पूूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन ।

 
रिजालसहित यो प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परिसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex