कामाडौं । सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क बागबजारले सोमवार रक्तदान सम्पन्न गरेको छ ।
सोमवार बागबजारस्थित भक्तपुरवसपार्क नजिक गरिको रक्तदानमा सहभागीहरु मध्ये ३८ जनाले रक्तदान गरेका सेवा केन्द्रकी सहसचिव निशा अलि खानले जानकारी दिईन ।
कार्यक्रमा रगत दान गर्न ४५ जना सहभागी भएको उनले बताईन ।
काठमाडौं महानगरपालिका सहकार्य तथा सम्स युवा क्लवको सह आयोजनामा रक्तदान गरिएको थियो ।
सेवा केन्द्रले रगतको अभावलाई ध्यानमा राख्दै नियमित रक्तदान गर्ने गरेको प्रहरी हवल्दार हर्कराज जोशीले जानकारी दिए ।
कार्यक्रममा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गी, महासचिव कमरुद्धिन मिया, कोषाध्यक्ष निमित्ता प्रदान शाक्य, केन्द्रीय सदस्य अजय खड्गी, मून्ना, बसन्तकुमार तण्डुकार, सई विनोद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
Categorized in समाज