काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई अनुसन्धानको लागि थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
आईतवार काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित १२ जनलाई थप अनुसन्धनको लागि सो समय दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताएका छन ।
जिल्ला सरकारी वकीलको प्रस्तावबमोजिम नै अनुसन्धानका लागि ४ दिन म्याद थपिएको हो ।
पक्राउ पर्नेहरुमा पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे छन ।
त्यसैगरी एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत छन ।
यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा फरार छन ।
Categorized in राष्ट्रिय