२६ श्रावण २०८३, मंगलबार
Header

एमालेको सचिव पदबाट फरार रायमाझी निलम्बन


प्रकाशित: बुधवार, २७ बैशाख २०८०, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझीलाई सविच पदबाट निलम्बन गरेको छ । 


नेकपा एमाले बुधवार एक विज्ञप्ती जारी गरी रायमाझीलाई पाटीको सचिव पदबाट निलम्ब गरेको बताएको छ ।

 
एमाले महासचिव शंकर पोखेरलले विधिको शासनमा हुने कुनै पनि अनुसन्धानमा सहयोग पुुगोस् भन्ने उदेश्यले पदीय जिम्मेवारीबाट मुक्त गरिएको बताए । 


जरी विज्ञप्तिमा भनिएको छ, ‘सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो ।  उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो ।तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’


रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex