काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
शुक्रवार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेसँगै समर्थन पनि फिर्ता लिने भएको हो ।
यस अघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपालाई गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय परको थियो ।
नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गएपछि सरकारबाट फिर्ता भएका थिए तर रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।
Categorized in राष्ट्रिय