१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जेठ १ गतेबाट डाक्टरको शुल्कमा बृद्धि, कुन डाक्टरले कति लिन पाउने ? 


प्रकाशित: सोमवार, १८ बैशाख २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । अस्पतालको बाहिरंग (ओपीडी) सेवा शुल्कमा जेठ १ गतेबाट बृद्धि हुने भएको छ ।


नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बैठकको निर्णय अनुसार चिकित्सकको अनुुभव र योग्यताको आधारमा मूल्य बृद्धि गरिएको हो । 


परामर्श शुल्क मूल्य बृद्धि बारे जारी गरेको विज्ञप्ती अनुसार डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन ।


त्यस्तै, एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन ।


डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ६७० शुल्क लिन पाउनेछन ।


यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ८०० रुपैयाँ शुल्क लिन पाउनेछन ।


डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत ८८० रुपैयाँ लिन पाउनेछन ।



निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिएका मेडिकल अफिसरको हकमा भने न्यूनतम तलब ४२ हजार रुपैयाँ कायम गराउने निर्णय भएकोले सोही अनुसार कार्यन्वन गराउन स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई अनुरोध गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex