१८ बैशाख २०८१, मंगलबार
Header

कांग्रेस नेता चन्द्र भण्डारी उपचारपछि नेपाल फर्के


प्रकाशित: आइतवार, १७ बैशाख २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी भारतमा लामो उपचारपछि नेपाल फर्किएका छन ।


आईतवार स्वदेश फर्केपछि आयोजित पत्रकार सम्मेलनमा आफ्नो स्वास्थ्य अवस्थाबारे बताएका थिए । 


भण्डारीले घरमै बसेर फिजियोथेरापी गर्ने र पोलेको घाउ ड्रेसिंगको लागि अस्पताल जानु पर्ने हुन्छ ।


उनले प्रेस नोट जारी गरी अब आगलागी नियन्त्रणको लागि अभियाननै चलाउने बताएका छन । 


उनले भने,‘ कुनै नेपालीले आगोमा जल्नु नपरोस्‚ आगलागीमा परेको कुनै पनि नेपालीले मर्न नपरोस ।


उनको अवस्था सुधार हुँदै आएपछि भारतको मुम्बईस्थित नेसनल बन्र्स सेन्टरले उनलाई डिस्चार्ज गरेपछि उनी  आज नेपाल फर्किएका हुन ।


गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका थिए ।


सो आगलागीमा परि उनको आमा हरिकला भण्डारीको कीर्तिपुरस्थि वर्न अस्पतालमा निधन भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD