काठमाडौं । कपन सरस्वती नगरकी निरु किचेनकी संचालिका निरा पाण्डे अचार्यको हत्या गर्ने युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आईतवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले निरा हत्यामा संलग्न झापाको विनोद विकलाई सार्वजनिक गरेको हो ।
विकाले पहरीसँगको बयानमा निराको हत्या लुटपाट गर्ने क्रममा भएको स्वीकार गरेको छ ।
ब्युरोका एसएसपी दिनेश आचार्य दिएको जानकारी अनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेपछि सो घट्ना भएको हो ।
निराले प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक–पटक हानेर निराको हत्या गरेका थिए ।
झापामा क्यासिनोमा काम गर्दै आएका विक काठमाडौंको नाईट क्लबमा बाउन्सरको रुपमा काम गर्ने गरेको प्ररहीले बताएका छन ।
हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका उनलाई प्रहरीले फेला पार्न सकेको थिएन ।
निराको हत्यारा फेला पार्न नसकेको भन्दै संसद, सडकमा चर्को विरोध र प्रदर्शन समेत भएपछि प्रहरीले १५ वैशाखमा एआईजी किरण बज्राचार्यको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरीसमेत सम्मिलित ८ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
सोही छानविन समितिले सिसिटीभि फुटेजको अनुसन्धानबाट शनिवार विनोदलाई झापामा प्रकाउ गरेको हो ।
उनले हत्याका बेला लगाएका कपडा, झोला र जुत्तालगायत सामाग्रीहरु समेत भेटिएका छन् ।
मृतक निरा आचार्य सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन । त्यहाँ वैशाख ७ गते दिउँसो पौने ३ बजे र सवा ३ बजे बीचमा हत्या भएको थियो।
साढे ३ बजेतिर शव फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। निरामाथि कम्तिमा पनि १८ पटक धारिलो हतियार प्रहार भएको थियो ।
Categorized in समाज