१० भाद्र २०८३, बुधबार
Header

गगनले रास्वपाका वाग्ले र लामिछानेलाई दिए बधाई


प्रकाशित: बुधवार, १३ बैशाख २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चितवन २ का उपनिर्वाचन जितेका रवि लामिछानलाई बधाई दिएका छन । 


थापाले तनहुँ १ बाट निर्वाचित स्वर्णिम बाग्ले र बारा क्षेत्र नं. २ बाट जितका जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवलाई पनि बधाई दिएका छन ।


उनले बधाई तथा सुुभकामना दिदै भने,‘ सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन हाम्रो सहकार्य हुने नै छ ।’ 


उपनिर्वाचनको परिणामले विशेष गरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र  यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहे पनि उनले बताए ।


उनले उपार्टीभित्र र पार्टी  बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी भई राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुुग्ने विश्वास व्यक्त गरे ।

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex