काठमाडौं । ग्लोबल आईएमई बैंकले मोवाईल बैंकिक सेवामा थप सुविधा प्रदान गरेको जनाएको छ ।
मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्ट मा थप सेवाहरु थपेर अत्याधुनिक प्रविधिको उपयोग गरेर सेवा लिन सकिने एक प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।
प्रयोगकर्ताको औंठा छापमार्फत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ । ग्रहकले यो सेवा बैंकमा आँफै सुचारु गर्न सक्ने छन् ।
त्यसैगरी आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिने नयाँ सेवामा फोनपेको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टलाई रकम भुक्तानी गर्न सकिने बिशेषता थप गरिएको छ ।
थप गरिएका अन्य विशेषतामा अकाउन्ट ड्यासवोर्ड र क्यालेन्डर इन्ट्रिगेशन सुविधा प्रदान गरिएको छ ।
Categorized in बैंक