५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अदालतका फैसला काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकारले पनि पालना गर्नु पर्छः बालेन


प्रकाशित: सोमवार, ११ बैशाख २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सम्मानित अदालतको फैसला, आदेश र निर्देशनहरु कठमाडौं महानगरले मात्र हैन संघीय सरकारले पनि मान्नु पर्ने बताएका छन ।


सर्वोच्च अदालतले काठमाडौं महानगरलाई फोहोर उठाउन अन्तिरिम आदेश देएपछि सो आदेश प्राप्त भएको जानकारी गराउँदै प्रमुख साहले सो कुरा बताएका हुन ।


सोमवार साहले आफ्नो फेसबुक पेजबाट आदालतको आदेश प्राप्त गरको बताएका छन । 


‘सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौँ । तर सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक रहेको छ ।’


प्रमुख साहले भने,‘ बागमती, बिष्णुमती र मनोहरा तथा यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जा सम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी छ ।’ 


उनले अन्यथा, नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनीबिचको विभेदलाई बैधानिकरुपमा नै स्विकारेको अर्थ लाग्ने देखिने बताए । 


निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि भएको उनले बताए ।


प्रमुख साहले काठमाडौँ महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित बिषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको बिषयकारुपमा ग्रहण गरेकोमा सम्मानित अदालतप्रति आभार समेत व्यक्त गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex