काठमाडौं । कीर्तिपुर नगरपालिका वडा ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधनमा कीर्तिपुरमा भोलिसार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले एक सुचना जारी गरी सोमवार कीर्तिपुर नगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बैशाख १ गते बाईक दुर्घट्नामा परि घाईते भई काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारर्थ वडा अध्यक्ष अधिकारीको आज (आईतवार) निधन भएको थियो ।
‘असायमिक निधन भएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै हार्दिक ऋद्धाञ्जली व्यक्त गर्दछौ । साथै शोक सन्तप्त परिवार, ४ नम्बर वडावासी र सम्पूर्ण नगरवासीहरु प्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी समवेदना प्रकट गर्दछौं ।’ जारी सुचनामा उल्लेख छ ।
स्व.अधिकारिको सम्मानमा भोलि बिहान किर्तिपुर नगरपालिका कार्यालय किर्तिपुर बाट शवयात्रा सुरु भई बिष्णुदेबि मन्दिर बल्खुमा अन्तिम श्रद्धाञ्जली सभामा हुने जनाएको छ ।
Categorized in समाज