काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा एक सय जना नगर प्रहरी मागेको छ ।
महानरले आईतवार एक सुचना जारी गरी उक्त संख्यामा नगर प्रहरी माग गरेको हो ।
नगर प्रहरीको लागि गृहमन्त्रालयले मिति २०७९/१२/१७ गते गरेको भर्ना आव्हानमा बैकल्पिक सुचिमा परेकाहरुले आवेदन दिन सक्नेछ । सो आवेदन सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र महनगरको प्रशासन शाखामा पेश गर्नु पर्ने छ ।
बैकल्पिक सुचिको नामावली काठमाडौं महानगरको वेबसाईट मा गएर पनि हेर्न सकिने जनाएको छ ।
उम्मेदवारले बैकल्पिक सुचिमा उल्लेखति दर्ता नम्बर र नेपाली नागरिकता पेश गर्नु पर्ने जनाएको छ ।
महानगरले मागेको सुचि अनुसार खुलामा प्रहरी जवानबाट ३३ जना, सशस्त्र प्रहरीतर्फ २७ जना, महिला १७ जना, आदीवासी जनजाति १६ जवान, मधेशी २ जना, दलित ४ जना र अल्पसंख्यक १ जना छ ।
Categorized in स्थानिय