काठमाडौं । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा दुर्घट्ना हुँदा खसेको बसमा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घट्नमा परि घाईतेहरुमध्ये ५ अवस्था गम्भीर रहेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहँु भन्सार बस्ने २७ वर्षीया कमला श्रेष्ठ, काठमाडाँैका ३० वर्षीय रवीन गुरुङ, तनहँु केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन ।
यसैगरी एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, छाउनी अस्पताल र गजुरी अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ ।
आज बिहान ११ः५५ बजेको समयमा काठमाडौँबाट पोखरातर्फ जान आउँदै गरेको ना ६ ख २५०६ नंको बस र विपरीत दिशाबाट काठमाडौँतर्फ गइरहेको ना ५ ख ७४०९ नंको ट्रकसँग ठोक्किँदा बस त्रिशूली नदी किनार नजिक खोल्सामा खसेको हो ।
सो बसमा ३० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज