९ भाद्र २०८३, मंगलबार
Header

स्वदेशी सवारी साधन दर्ता गर्ने कानुन बनाउन प्रधानमन्त्री दाहालको निर्देशन


प्रकाशित: आईतवार, १० बैशाख २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा बनेका सवारी सधान दर्ता गर्न कानुन बनाउन निर्देशन दिएका छन ।


प्रम दाहालले आईतवार सम्बन्धित निकायलाई यस किसिमको कानुन बनाई नेपालमा बनेका सवारी सधान, यात्री मोटरसाइकललगायतलाई दर्ता गर्न निर्देशन दिएको हो ।

 
‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु,’ प्रधानमन्त्री दाहालले भनेका छन, ‘सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।’ प्रम दाहालले भने ।


नेपालमा बनेका यात्री मोटरसाईकल दर्ता नभएको भन्ने समाचारहरु प्रकाशन भएपछि सरकारको ध्यान गएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex