काठमाडौं । निर्वाचन आयोगले भोली (आईतवार बैशाख १०) गते हुने तिन जिल्लाको उपनिर्वाचनको तयारी पुरा भएको बताएको छ ।
आईतवार बाराको क्षेत्र नम्बर २, तनहुँको १ र चितवनको २ मा उपनिर्वाचन हुँदैछ ।
सो निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको आयोगले जनाएको छ । विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन हुने कार्यक्रम छ ।
यस अघिनै निर्वाचन आयोगले उम्मेदवारहरुले पालना गर्ने आचारसंहिता लागु गरेको छ भने हिजोदेखि मतदान सम्पन्न नहुन्जेलसम्म सम्पुर्ण प्रचार तथा प्रसार पूर्ण रुपमा निषेध गरेको छ ।
बाराको क्षेत्र नम्बर २ मा गठबन्धनबाट जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशहा लगायत प्रतिस्पर्धामा छन ।
चितवनमा नेकपा एमालेबाट रामप्रसाद न्यौपाने, रास्वपाबाट रवि लामिछाने र नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ विच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी, तनहुँमा रास्वपाका स्वर्णीम वाग्ले, एमालेबाट सवेन्द्र खनाल र नेपाली कांग्रेसबाट गोविन्द भट्टराई छन ।
Categorized in राष्ट्रिय