२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

त्रिवि जंगलमा आगलागी, आगो नियन्त्रणमा 


प्रकाशित: सोमवार, ४ बैशाख २०८०, १८ः२० बजे
- विरेन्द्र शाक्य

काठमाडौं । सोमवार दिउँसो करिब साढे २ बजेतिर त्रिविको घना जंगलमा आगलागी भएको छ । 


नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आगो भने नियन्त्रणमा लिएको छ । 

 


करिब एक घन्टाको प्रयासपछि जंगलमा फैलिएको आगो नियन्त्रणमा लिन नीलबाराही गणबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको विपद् टोली सफल भएको थियो  ।


आगलागीको खबर आएपछि कीर्तिपुर प्रहरी वृत्त प्रमुख डिएसपी राजु लामा टोलीसहित आफै घटनास्थल पुगेका थिए । 

 

 


जंलगमा फैलिएको आगो नियन्त्रणपछि पनि फेरि नफैलियोस् भन्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको जुध्द बारूणयन्त्रको दमकल बोलाई पुरै आगो निभाईएको डिएसपी लामाले जानकारी दिनुभयो । 


आगलागीको कारण बाटो हिंड्ने कसैले चुरोटको ठुट्टा फालिदिएको हुनसक्ने लामाको भनाई छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex