काठमाडौं । सोमवार काठमाडौं उपत्यका लगायत केही स्थानमा तुँवालो लाग्ने संभावना रहेको छ ।
जल तथा मौसम विभाग, पूर्वानुमान महाशाखाका अनुसार उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको हो ।
देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने पूर्वामान महाशाखाको अनुमान छ ।
देशका गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भु–भागका एक–दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
Categorized in समाज