२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कीर्तिपुरका घाईते वडा अध्यक्षको स्वास्थ्य लाभको लागी दिप प्रज्वलन


प्रकाशित: शनिवार, २ बैशाख २०७९, २१ः१० बजे
- विरेन्द्र शाक्य

काठमाडौं । कीर्ति नगरपालिका वडा ४ का बाईक दुर्घट्नामा परि घाईते भएका वडा अध्यक्ष श्यामकमार अधिकारीको शिघ्र स्वास्थ्य लाभको लागि दिप प्रज्वलन गरिएको छ । 


आज बेलुकि ६ः३० बजे किर्तिपुर ४ बाघभैरव मन्दिरमा वडावासी, शुुभचिन्तकहरु उपस्थिती भई अधिकारिको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । 


बैशाख १ गते शुक्रवार वडाको पुष्पलाल पार्कमाथिबाट स्थानीय मनोज बुढाथोकीको बाईकमा घरतर्फ जाने क्रममा ओरालो बाटोमा बाईक अनियन्त्रित भई लडेका थिए । 


उनको टाउकोमा गम्भीर चोट पुगेका अधिकारीको माईतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भैरहेको बताईएको छ । 


बाईक चालक बुढाथोकी पनि घाईते भएका छन । उनी १ गते चम्पादेवीमा लाग्ने मेलाका लागि हप्ता दिनदेखि सरसफाईमा जुटेका थिए ।

 

 


 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex