२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जोशी पत्नी राधादेवीलाई अथक प्रयासबाट पनि बचाउन सकिएनः अस्पताल 


प्रकाशित: शनिवार, २ बैशाख २०७९, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।


शनिवार बिहान ५ः५६ बजे उनको उपचारको क्रममा किष्ट अस्पतालमा निधन भएको अस्पताल प्रशासनले बताएको छ । 


निमोनियाको समस्यादेखिएपछि चैत १६ गते अस्पतालमा भर्ना गरिएको र १७ दिनसम्म सघन उपचार गरिएको अस्पतालले जनाएको छ । 

 


‘अथक प्रयास गरिएपनि स्वास्थ्यमा सुधार हुन नसकेको र आज विहान ५ः५६ बजे सेफ टीक र ह्दयघातबाट उहाँको दुःखद निधन भयो ।’ अस्पताल प्रशासनले भने । 


९९ बर्षिया उनको सम्पुर्ण उपचार खर्च अस्पताल प्रशासनले व्यहोरोको छ । 


यसअघि असोज ३० गते शताब्दीपुरूष सत्यमोहन जोशीको पनि किस्टमा उपचारको क्रममा निधन भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex