काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरपालिकाको हितमा काम नगर्ने भए सिंहदरवार सार्न भनेका छन ।
विहिवार उनले आफ्नो फेसबुक पेजमा महानगरको हितमा काम गर्नु कि त सिंहदरवार सिंहदरवार अर्को पालिकामा सार्न सरकारलाई सुुझाव दिएका छन ।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस ,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस लेख्दै उनले,‘ हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।’ उनले भने ।
यो सहित प्रमुख बालेनको तेस्रो स्टास हो ।
सरकारले बालेनलाई सचेत गराउने निर्णय गरेको एक दिनपछि सो भनाई राखेका हुन ।
चैत्र २७ गते प्रमुख बालेनले महानगरको काममा सरकारले सहयोग नगरेको भन्दै १४ वटा स्पष्टीकरणसहित सिंहदरवारको फोहोर नउठाएको जवाफ दिएका थिए ।
महानगरले चैत्र २६ गतेदेखि सिंहदरवार, बालुवाटार, राष्ट्रपति निवास लगायत भिआईपी एरियाको फोहर उठाएको छैन ।
Categorized in स्थानिय