२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सरकारले बालेनलाई सचेत गराउने


प्रकाशित: मंगलवार, २८ चैत्र २०७९, १८ः१० बजे 
- महानगरखबर

काठमाडौं । आईतवारदेखि काठमाडौं महानगरपालिकाले सिंहदरवार, बालुवाटार, राष्ट्रपति निवासको फोहोर नआउठएपछि सरकारले महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई सचेत गराउने भएको छ ।


मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहकी सुचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन  ।


उनले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरूद्ध रहेको बताइन । 


नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन महानगरलाई आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने सञ्चारमाध्यमलाई जानकारी दिईन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex