४ भाद्र २०८३, बिहिबार
Header

बालनेसँग तत्काल बार्ता गर्न प्रधानमन्त्रीलाई गगनको आग्रह 


प्रकाशित: सोमवार, २७ चैत्र २०७९, १३ः४० बजे
- महानगरखबर

काठमाडौं । सांसद गगन थापाले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)सँग तत्काल बार्ता गर्न आग्रह गरेका छन ।


आज पनि सिंहदरवार, राष्टपति निवास, बालुवाटार लगायत भिआईपी एरियामा फोहोर नउठेपछि थापाले सो आग्रह गरेका हुन । 


उनले भने,‘प्रधानमन्त्रीलाई आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’


संघीय सरकार र स्थानीय सरकारविच समन्वय नहुँदा अहिले पनि सिंहदरवारभित्र थुप्रै स्थानिय निकायका जनप्रतिनिधिहरु सुरुवा, लगायतका समस्याहरु लिएर घुमिरहेको भेटिने थापाले बताए ।


सिंहदरवारले काठमाडौं महानगरको काममा असहयोग गरेको भन्दै प्रमुख बालेनले आईतवारदेखि सिंहदरवारको फोहोर नउठाउन निर्देशन दिएको छ ।



सम्बन्धीत समाचारः सिंहदरवारसँग काठमाडौं महानगरले राखेका १४ सहयोगका अपेक्षाहरु

asteriskhubs
Home Page Bottom Second


maharjan complex