५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सिंहदरवारको फोहोर उठेन !


प्रकाशित: आईतवार, २६ चैत्र २०७९, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । सिंहदरवारको फोहोर नउठेपछि यतिखेर समाचार र चर्चाको बिषय बनेको छ ।


शनिवार काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सिंहदरवारको फोहोर महानगरपालिकाले नउठाउने घोषणा गरेपछि फोहोर नउठाईएको हो । 


सिंहदरवार परिसरको फोहर उठाउने संस्था परिवर्तन नेपालले फोहोर नउठाएपछि यतिखेर फोहोर सिंहदरवार भित्रै थुुप्रिएको छ ।


परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेको अनुसार प्रमुख बालेनले सिंहदरवारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर उठाएपनि बाहिर ल्याउन नसकेको हो । 


सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको घिमिरेले सञ्चारमाध्यमहरुलाई बताएका छन । 


शनिवार प्रमुख साहले फेसबुक पेजमा यस्तो लेखेका थिए – ‘सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ 


केन्द्र सरकारले महानगरको काममा सहयोग नगरेपछि प्रमुख साहले यो कदम चालेको बुझिएको छ । 


प्रमुख साहले सरकारकासँग सहर व्यवस्थित र सुन्दर बनाउन पटक – पटक सहयोग माग गरेपनि सरकारले वे–वास्ता गरेको बताउँदै आएको छ ।


महानगरले विशेष गरी बागमतिको थापाथली, तिनुकनेस्थित गैरीगाउँ लगायतका खोला किनाराको सुकुम्बासी बस्ती हटाउन सहयोग माग गरी रहेको छ । 


शुक्रवार तिनकुनेस्थित गैरीगाँउको सुकुुम्बासीको अबैध संरचना हटाउन महानगरको डोजर पुुगेपनि वस्तीका मानिसहरु प्रतिकारमा उत्रेपछि महानगरको एक्लो प्रयास असफल भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex