काठमाडौं । काठमाडौं महानगरपालिकाले समयमै सवारी साधनको कर नतिर्दा जरिवानासहित करडौं रकम तिर्नु पर्ने अवस्था रहेको छ ।
महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीले महानगरका सवारी साधानले १० बर्ष अघिदेखि कर नतिरेकोले ३२ प्रतिशतका दरले जरिवानासहित करौडौ रुपियाँ तिर्नु पर्ने अवस्था भएको बताएका छन ।
उनले भने,‘अहिले हामीले बार्षिक रुपमा तिनुु पर्ने सवारी कर नतिरेको कारणले ३२ प्रतिशतको दरले जरिवानाले करौडौ रुपियाँ तिर्नु पर्ने अवस्था छ, हामीले क्यालकुलेशन गरिरहेका छौं ।’
विहिवार महानगरको १४ औं कार्यपालिका बैठकमा महानगरको एक फोहर बोक्ने गाडीले बालाजुमा ठक्कर दिएको निजी गाडीको क्षतिपुुर्ति भुक्तानको प्रस्तावमा उठेको सन्दर्भमा सो कुरा बताएका थिए ।
साथै उनले अबदेखि विभाग प्रमुख होस या कर्मचारी, मोटरसाईकल चढ्नेहरुले पनि थर्ड पार्टी इन्सुरेन्स गर्नु पर्ने, नियम अनुसार कर तिर्नु पर्ने र अव महानगरले जरिवाना नतिर्ने हुनाले सोही अनुसार गर्न विभागीय प्रमुखलाई निर्देशन समेत दिएका छन ।
Categorized in स्थानिय