९ भाद्र २०८३, मंगलबार
Header

१० दलिय गठबन्धन सरकारले ल्याएका साझा कार्यक्रममा के छ ? (पूर्ण पाठ)


प्रकाशित: विहिवार, २३ चैत्र २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड नेतृत्व १० दलिय गठबन्धनले ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको छ ।


गठबन्धन सरकारले ९ बुँदे कार्यक्रमहरुलाई संयुक्त सरकारको प्राथमिकतामा राखेका छन । 


संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यन्वयन गर्ने, देशको अर्थतन्त्र रुपान्तरण र सुदृण गर्न नीतिगत, संरचना तथा कार्यगत सुधार गर्ने, गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने उल्लेख छ । 


त्यसैगरी, संयुक्त सरकारको नीति तथा कार्यक्रमहरुमा सामाजिक राहात, तत्कालिक राहात, पुननिर्माण र पुर्नस्थापना, आर्थिक नीति तथा कार्यक्रमहरु रहेका छन । 


साझा कार्यक्रमा नेपाली नागरिक नागरिकता प्रमाणपत्र पाउन र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुन नपरोस् भन्ने कुराको सुनिश्चित गर्ने पनि उल्लेख गरिएको छ । 


सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने र नागरिकता प्राप्तिमा रहेको लैंगिक विभेद अन्त्य गर्ने पनि भनिएको छ ।


्त्यसैगरी २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत महसुल नलाग्ने र ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत महसुल घटाउने पनि साझा न्यूनतम कार्यक्रममा उल्लेख छ। 


१० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निशुल्क उपलब्ध गराउने पनि सत्ता गठबन्धनले भनेको छ ।


न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex