५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

एकल आमाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने


प्रकाशित: बुधवार, २२ चैत्र २०७९, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । एकल आमाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ ।


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरीका सबै स्थानीय तहमा एकल आमाका सन्तानको जन्मदर्ता मावलीकै थरबाट गरिदिने निर्देशन भएको हो । 


जारी निर्देशनमा भनिएको छ,‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानसँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने ।’


‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागको निर्देशको दोस्रो बुँदामा उल्लेख छ । 


साथै जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागले स्थानीय निकायलाई निर्देशन गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex