काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनको लागि उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ ।
आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का लागि २९ लाख रुपैयाँ तोकेको छ ।
त्यसैगरी बारा तनहुँ क्षेत्र नं. १ को लागि ३१ लाख रुपियाँसम्म खर्च गर्न पाउने अधिकतम सीमा आयोगले तोकेको छ ।
सो रकम असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिमको रकम भएको प्रवक्ता शर्माल बताए ।
आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न समेत आयोगले भनेको छ ।
Categorized in राष्ट्रिय