काठमाडौं । नेपाल सरकारका निजामती कर्मचारीको उमेर हद ५८ बाट ६० बर्ष बनाउने तायरी गरिएको छ ।
संघीय सरकारले संसदमा पेश गर्ने अन्तिम तयारी गरेको संघीय निजामती सेवा ऐन, २०७९ निजामती कर्मचारीको उमेर हद बढाइएको हो ।
ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर हद पूरा भएपछि अनिवार्य अवकाश पाउँछ ।’
तर ऐन अनुसार २०८० असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा बाहेक अन्य सेवाको निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष कायम रहेनछ ।
ऐन अनुसार कर्मचारीको निवृत्तिभरण पाउने अवस्था र ५० वर्ष उमेर पुगेका कर्मचारीहरुले स्वेच्छिक अवकाश पाउनेछन ।
ऐनले उपदानकोका लागि पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तिभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउने उल्लेख गरेको छ ।
Categorized in राष्ट्रिय