काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यार्थीहरुलाई विद्यालयबाटै पाठ्यपुस्तक किन्न बाध्य नगर्नु भनेको छ ।
विभागले विद्यालयहरुलाई पाठ्य सामग्री, डे«स, स्टेशनरी लगायतका सामग्रीहरु विद्यार्थीहरुलाई खरिद गर्न बाध्य नगराउनु र विद्यालयबाट बेचखिन नगर्न/नगराउन आग्रह गरेको छ ।
सो आग्रहको वेवास्ता गरेमा शिक्षा ऐन २०२८, शिक्षा नियामावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन/नियामावली बमोजिम कारवाही हुने चेतावनी समेत दिएका छन ।
विभागले शैक्षिक सत्र २०८० का लागि पाठ्यक्रम विकास केन्द्र सानोठीमि भक्तपुरद्धारा सन्दर्भ/थप सामग्रीका रुपमा सुचिकृत पाठय्सामग्री मात्र प्रयोग गर्न/गराउन विद्यालयलाई निर्देशन दिएको छ ।
साथै पाठयक्रम विकासद्धारा प्रकाशित नेपाली वा अंग्रेजी माध्यमको पाठ्यपुस्तको भुक्तानी गर्न सकिने अन्य प्रकाशसनको सामग्रीहरुको भुक्तानी गर्न नसकिने पनि जानकारी गराएको छ ।
Categorized in स्थानिय