काठमाडौं । ट्रकको ठक्करबाट बल्खुमा एक स्कुटर चालकको मृत्युु भएको प्रहरीले जनाएको छ ।
आईतवार दिउँसो १२ः३० बजेको समयमा बल्खु चोकमा बागमती प्रदेश(०३–००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक ट्रकले ठक्कर दिँदा सतंगुल बस्ने ३८ बर्षिय भूपति पाण्डेको निधन भएको प्रहरीले जनाएको छ ।
पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए । उनी अर्घाखाँची छत्रदेव गाउँपालिका – ५ का स्थायी बसिन्दा हुन ।
प्रहरीका अनुसार स्कुटर अगाडि भएको नदेख्दा दुर्घटना भएको सिसिटिभी फुटेजमा देखिन्छ ।
ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगेको थिए ।
प्रहरीले चालक ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ ।
Categorized in समाज