२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

असन ल्याइयो सेतो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)


प्रकाशित: बुधवार, १५ चैत्र २०७९, २०ः५० बजे 
- महानगरखबर

काठमाडौं । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । 


साँझ जमल तीनधारा पाठशालाबाट रथ तानेर असन ल्याईएको छ । आज रातभर असनमा राखिएको रथलाई भोलि विहान भक्तजनहरुले दर्शन तथा पुजापाठ गर्ने छन । 

 


राष्ट्रपतिले रथको दर्शन गर्ने परम्परा रहे अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गर्ने कार्यक्रम समेत रहेको छ । 


विहिवार १६ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानिने छ । शुक्रवार १७ गते ४ः३० बजे हनुमानढोका, चिकमुुगल, जैशीदेवल, ज्यावहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जनाएको छ ।

 


चैत्र १८ गते शनिवार ५ः३० देखि ६ः३० सम्म लगन आमा रुख परिक्रममा गरिने छ । 


१९ गते आईतवार साँझ ५ः३० देखि ७ः३० सम्म लगन, ज्याहाबाल, द्यःलँ, यूतुुननि, कोहिती, भिमसेनस्थान, मरु, याट्खा, नरदेवी, किलागल, भेडासिंह, केलटोल हँदै मछिन्द्रबहालसम्म रथयात्रा हुने समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

 


वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिनबाट नगर परिक्रमा गराईने परम्परा छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex