९ भाद्र २०८३, मंगलबार
Header

बागमती सभ्यता जोगाई दिन प्रधानमन्त्री दाहाललाई बालेनको आग्रह


प्रकाशित: बुधवार, १५ चैत्र २०७९, १४ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले बागमती सभ्यता जोगाईदिन आग्रह गरेका छन । 


बुधवार काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले सो कुरा बताएका हुन ।


प्रमुख साहले भने,‘स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरु धेरै हुन्छन, जस्तै उदाहारणको लागि हामी बागमती सभ्यता जोगाउन खोज्दैछौ, बागमती सभ्यता भनेको हामी मान्छे पनि नभएको बेलाको सभ्यता, यो धर्ती बन्दा खेरी सुरुमा खोलानाला बने, रुखविरुवा बने, अनि बल्ल मान्छे बने, धर्ती बन्दा बनेको खोलानाला, नदीहरुको अधिकारको सुरक्षित गरिदिनु परयो, हाम्रो सय बर्ष आउनु पुस्ताको लागि, त्यसको लागि जोगाउनको लागि पहल गरिदिनुु सम्माननीय प्रधानमन्त्री, मन्त्रीज्यूूहरुलाई अनुरोध गरेको छु ।’


प्रमुख साहले स्थानीय सरकार भनेको परमानेन्ट सरकार हो ५ बर्षको लागि  तर सरकार नटिकिँदा सरकारसँग समन्वय गर्न ग्राहो हुने भएकोले अवको सरकार अली लामो सयमसम्म टिकिदिए समन्वय गर्न सजिलो हुने भनाई राखे ।


कार्यक्रमको प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दे बालेनले सो कुरा राखेका थिए । 


उनले देशभरीबाट आएको उपप्रमुखहरुको भेला फलदायी हुने विश्वास व्यक्त गरेका थिए । स्थानीय निकायबाट न्याय पाउने वातावरणको निर्माण गर्न सकिए जिल्ला अदालत, अदालत धाउनु पर्ने उनले बताए । 

 


त्यसैगरी कार्यक्रमकी संयोजक तथा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले न्यायिक सम्मेलनमा ५ वटा मुख्य कार्यपत्र प्रस्तुत गरिने जानकारी दिईन । 


उनले २ दिनसम्म (चैत्र १५ र १६ गतेसम्म) न्याय सम्बन्धी विषयमानै केन्द्रित भएर बहष छलफलबाट निष्कर्ष निकालेर देशभरीकै स्थानीय निकायहरुबाट कसरी प्रभावकारी न्याय दिन सकिन्छ भन्ने निचोड हुने डंगोलले वताईन ।


समितिमा देशभरीका ७५३ वटै स्थानीय निकायका संयोजक तथा सदस्यहरुलाई सहभागीको लागि आव्हान गरिएको छ । 


सम्मेलनपछि महानगरले देशभरका पालिकाहरूका न्यायिक समितिलाई दिशा निर्देश गरोस भनेर घोषणापत्र, सम्मेलनमा प्रस्तुुत भएका सबै कार्यपत्र, धारण, न्यायिक समेतको घोषणा, तस्वीर, अन्य सन्दर्भको सामग्रीहरु समेटेर न्यायिक समिति राष्ट्रिय सम्मेलन दिग्दर्शन समेत प्रकाशन गर्ने उपप्रमुख डंगोलले बताईन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex