७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री दाहालको प्रस्ताव– कांग्रेसलाई ८ मन्त्रालय, अरुलाई कति ?


प्रकाशित: मंगलवार, १४ चैत्र २०७९, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तागठबन्धन दलहरुविच मन्त्रालयको संख्या भागबण्डाको प्रस्ताव गरेका छन । 


मंगलवार बसेको बैठकमा प्रधानमन्त्री दाहालले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा माओवादी केन्द्रलाई ५ मन्त्रालयको प्रस्ताव गरेका हुन । 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ३ मन्त्रालय, नेकपा एकीकृत समाजवादी (एस) लाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्रीको प्रस्ताव गरिएको छ । 


त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) लाई समेत २ मन्त्रालय दिने प्रम दाहालको प्रस्ताव छ । 


बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे समेत कुराकानी भएको बुझिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex