काठमाडौं । काठमाडौं महानगरपालिकाले भोली देखि २ दिनसम्म काठमाडौंमा राष्ट्रिय न्यायिक सम्मेलन गर्ने भएको छ ।
चैत्र १५ र १६ गते काठमाडौंको कमलादिस्थित प्रज्ञाप्रतिष्ठानमा हुने सो सम्मेलनमा ७५३ वटै पालिकाका न्यायिक समितिका पदाधिकारीहरु सहभागी हुनेछ ।
काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा हुन गईरहेको यस सम्मेलनबारे काठमाडमौं महानगरका कानुन तथा मानवअधिकारका विभागिय प्रमुख बसन्त अचाचार्यले न्यायिक सम्मेलन निष्पक्ष र प्रभावकारी न्याय सम्पादनको लागि हुन गईरहेको बताएका छन ।
उनले महानगरखबरडटसँग गरेको कुराकानीमा सम्मेलनमा काठमाडौं महानगरले चार वटा कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए । सो कार्यपत्र न्यायिक समितिको न्याय सम्पादन तथा स्थानयि विवाद निरुपणसँग सम्बिन्धीत हुनेछ ।
उनले भने,‘न्यायिक समितिको अभ्यास नेपालको लागि विल्कुलै नयाँ हो, यो करिब ६ बर्षको मात्र अनुुभव छ, न्याय सम्पादन गर्ने काम भने एकदमै संवेदनशिल काम हो, यस कामको अभ्यास र अनुुभवलाई ७५३ वटै स्थानीय निकायले साटासाटा गर्ने र अझ बढि परिस्कृत हुन, न्याय सम्मादनलाई बढिभन्दा बढि अनुमान योग्य, प्रभावकारी बनाउने उद्देश्यले आयोजित सम्मेलन हो ।’
चैत्र १ गतेबाट काठमाडौंका ३२ वटै वडामा निःशुल्क कानुन सेवा सुरु भईसकेको समेत उनले सुनाए ।
भिडियोः
Categorized in राष्ट्रिय