काठमाडौं । रातोमछिन्द्रनानथ (करूणामय) प्रतिमूर्ति विवाद सल्टाउन करूणामय सरोकार समिति गठन गरिएको छ ।
सोमवार चैत १३ गते सोमवार हिलसाईड होटलमा सम्पन्न सरोकारवालाहरूको भेलाले पच्चलाल महर्जनको संयोजकमा ११ सदस्यिय करूणामय सरोकार समिति गठन भएको जानकारी दिइएको छ ।
समितिका सदस्यहरुमा प्रयागमान प्रधान, विरेन्द्र शाक्य (विविशा) बुध्दिलाल ज्यापू, कृष्णमान डंगोल, उज्ज्वल महर्जन, कमला महर्जन, रामभोला महर्जन, सरलगोपाल महर्जन, केशरत्न वज्राचार्य र राजकमल महर्जनलाई सदस्यमा चयन गरिएको छ ।
कीर्तिपुरको प्यंगःथां चोकमा स्थापित करूणामय (बुंग द्यः) को प्रतिमूर्तिको विषयमा ललितपुर, बुंगमतिको ह्यंगृव भैरव ३२ पानेजु संघले विज्ञप्तिमार्फत आपत्ति प्रकट गरेपछि दुई पक्षबीच उत्पन्न विवाद रहि आएको छ ।
विवादले कीर्तिपुरको प्यंगःथां चोकमा करूणामयको फूल, प्रसाद चढाउन आउने परम्परा रोकिने सम्भावनालाई सरोकार राख्दै कीर्तिपुरमा सम्पन्न सरोकारवालाहरूको भेलाले उक्त विवाद संवाद र वार्ताको माध्यमबाट समाधान गर्न करूणामय सरोकार समिति गठन गरिएको हो ।
समितिको बैठकले दुई पक्षबीच छिट्टै वार्ता र संवादको वातावरण निर्माण गरि करूणामय (बुंग द्यः) को जात्रा र कीर्तिपुरसंग जोडिएको मूर्त, अमूर्त परम्परालाई निरन्तरता दिन आवश्यक पहलकदमि अघि बढाउने निर्णय गरेको बताईएको छ ।
समाचार तथा तस्वीरः विरेन्द्र महर्जन
Categorized in सम्पदा/संस्कृति