२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

साउथवेस्टन स्कुललाई पाचौँ अन्तराष्ट्रिय अवार्ड


प्रकाशित: शुक्रवार, १० चैत्र २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाण्डौँको बसुन्धारामा अवस्थित साउथवेस्टन स्कुललाई अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको छ । 


स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गर्नुभएको होे । 


अमेरिकाको न्यु जर्सीबाट यो अवार्ड प्रदान गरिएको हो । समाजमा विशिष्ट योगदान गर्ने विश्वभरका व्यक्तिलाई न्यु जर्सीबाट अवार्ड प्रदान गर्ने गरिन्छ । 


विश्वभरका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भर्चुअल माध्यमबाट यो अवार्ड प्रदा नगरिएको हो ।


२०२२ मेमा मनोनयन दर्ता गरी विभिन्न चरणहरू पार गर्दै प्रिन्सिपल अधिकारीले उक्त अवार्ड हात पार्नुभएको हो । 


सो अवार्डको लागि डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता, शैक्षिक सन्दर्शन तथा योजना, शैक्षिक योगदान, सामाजिक योगदान, अन्तराष्ट्रिय प्रतियोगिताहरूमा विद्यार्थीहरूको सहभागिता तथा प्राप्त नतिजा, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप आदि मूल्याङकनका मुख्य आधार बनाइएको जानकारी प्राप्त भएको छ ।  


स्कुलले विगत चार बर्षको अवधिमा पाँच वटा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ । यस अघि २०२२ मा स्कुलले एकै पटक दुई अवार्ड प्राप्त गरेको थियो । प्रिन्सिपल रमेश अधिकारीले ‘ यसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ र ‘यसियाज भिजिनरी प्रिन्सिपल अवार्ड’ प्राप्त गर्नुभएको थियो । यस अन्तराष्ट्रिय अवार्डका सन्दर्भमा ‘टाइमस् अफ लन्डन’ ले प्राथमिकताका साथ समाचार प्रकाशित गरेको थियो ।

 


साउथवेस्टन स्कुलले ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड पनि प्राप्त गरेको थियो । ‘शिक्षामा उत्कृष्टताका लागि अन्तराष्ट्रिय केन्द’्र(INCEED) र ‘कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाज’ (SPACE) को संयुक्त आयोजनामा डिसेम्बर २०, २०२० मा भारतको नयाँ दिल्लीबाट भचुअलरुपमा सञ्चालित ‘अन्तराष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार’ कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको थियो । 


त्यसैगरी ‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तराष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गर्नु भएको थियो । 


त्यस्तै २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटीद्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तराष्टिय स्कुल अवार्डअन्तर्गत साउथवेस्टन स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो । 


थाइल्याण्डमा आयोजित बालबालिका सम्बद्ध अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘किड्स स्टार इन्टरनेसनल 2022’ मासाउथवेस्टन स्कुलका विद्यार्थीहरूले  टाइटल अवार्डसहित विभिन्न विधागत अवार्ड प्राप्त गरेको थिए । 


साउथ यसिएन जोमसार युनियनको आयोजनामा भारतको दार्जेलिङमा सम्पन्न कराते प्रतियोगितामा स्कुलले छ स्वर्ण, सात रजत पदकसहित बेस्ट फाइटर को उपाधि प्राप्त गरेको थियो । 


भारतको पन्जाबमा २०२२ मा सम्पन्न प्रथम इन्डो नेपाल अन्तर्राष्टिय कराँते प्रतियोगितामा सहभागी भई स्कुलले २ स्वर्ण, चार रजत पदकसहित उत्कृष्ट खेलाडी तथा अनुशासित खेलाडीको सिल्ड जितेको छ । त्यसैगरी  अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा बालबालिकाहरूलाई सहभागी गराई उत्कृष्ट नतिजा प्राप्त गर्न सफल रहेको तथा विद्यालयले शैक्षिक गुणस्तरका साथसाथै अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिएकाले यो सफलता प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रमेश अधिकारीले बताएका छन् ।


स्कुल विद्यार्थी  तथा प्रधामाध्यपकले विभिन्न अन्तराष्ट्रिय अवार्ड प्राप्त गरिरहेकाले साउथवेस्टन स्कुल अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिन सफल रहेको पुष्टि भएको विचार स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराको रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex