काठमाडौं । नेपालकी चर्चित वरिष्ठ रेडियोकर्मी कृषणा ताम्रकारको निधन भएको छ ।
विहिवार राती १० बजे काठमाडौंको न्यूरो अस्पतालमा उपचारको क्रममा ८६ बर्षिया रेडियोकर्मी ताम्राकारको निधन भएको हो ।
केही दिन अघि निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । उनले लामो समयसम्म रेडियो नेपालमा समाचार वाचिकाको रुपमा काम गरेकी थिईन ।
उनको निधनप्रति नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलीव्दिएका छन ।
Categorized in समाज