काठमडौं । काठमाडौं महानगरपालिकाले सडकमा विज्ञापनको पर्चा–पम्पलेट फाले जरिवाना गर्ने भएको छ ।
महानगरले भर्खरै एक रोजगार कम्पनीलाई जथाभावी विज्ञापनको पर्चा फालेर फोहर गरेको भन्दै जरिवना गरेको छ ।
महानगरले कापमा वडा ७ स्थित सदना जब लाई सडक फोहोर गरेको भन्दै रु ५ हजार प्रशासनिक दण्ड अन्तर्गतको रकम तिराएको महानगरपालिकाले जनाएको छ ।
विज्ञापनको पर्चा, पम्पलेट, फ्लेक्सबाट सडक फोहोर हुने भएकोले सो नगर्न समेत महानगरले आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय