काठमाडौं । काठमाडौं महानगरपालिकाले साईवर अपराधबारे जानकारीमुलक कार्यक्रम गर्ने भएको छ ।
महानगरले आगामी आईतवार राष्ट्रिय सभागृहमा विहान १० बजे करिब ४ सय जनाको सहभागितामा साईवर अपराधसम्बन्धी श्रव्यदृश्यसहित प्रस्तुत दिने महानगरको समाजिक विकास विभाग प्रमुख गोपाल प्रसाद पोखरेलले जनकारी दिए ।
कार्यक्रम महानगरकी कार्यकारी प्रमुख सुनिता डंगोलको अध्यक्षतामा हुने विभागले जनाएको छ ।
सो कार्यक्रममा महानगरले ३२ वटै वडाका सदस्य प्रतिनिधिहरु, वडा सञ्जाल, सरोकारवाला संघ, संस्था, मानव वेचविखन तथा ओसार पोसार नियन्त्रण वडा समिति र महिला विकास समितिका सदस्यहरुलाई अनिवार्य भेला हुन अनुरोध गरेको छ ।
Categorized in प्रबिधि