काठमाडौं । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन ।
शुक्रवार सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका नेता यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
उनले ३०३२८ मतभार पाई बिजयी भएका हुन । संघीय सांसद तर्फ– १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन ।
बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन ।
उनका प्रतिस्पर्धी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले संघीय संसको १०४ मत, प्रदेश संसदको १६९ मत पाउँदा १६ हजार ३०८ मतभार पाई दोस्रो भएकी छिन ।
त्यसैगरी, उपराष्ट्रपतिकी अर्का उम्मेदवार ममता झाले संघीय संसदको २३ र प्रदेश संसदको १५ मत पाउँदा २ हजार ५१७ मतभार पाएकी छिन ।
उम्मेदवारी फिर्ता लिएकी जसपाकी प्रमिला यादवले प्रदेश संसदबाछ १ मत पाएकी छिन ।
Categorized in राष्ट्रिय