६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मेरो जीत सुनिश्चितः अष्टलक्ष्मी शाक्य


प्रकाशित: शुक्रवार, ३ फागुन २०७९, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जीत सुनिश्चित भएको बताएकी छिन । 


शुक्रवार संघीय संसद परिसरमा उपराष्ट्रपति निर्वाचनको क्रममा पत्रकारहरुको जिज्ञासमा शाक्यले निर्वाचन जित्ने दावी गरिन । 


आफुले चुनाव जितेपछि संविधानको रक्षा, भावना अनुसार काम गर्नुका साथै राष्ट्रपति अनुउपस्थित भएको बेलामा उपराष्ट्रपतिले गरिने सम्पूर्ण दायित्व निभाउने बताईन ।


‘राष्ट्रपति/उपराष्ट्रपति एकदमै सम्मानित, मर्यादित पद हो र संरक्षणको पद पनि हो । त्यसो भको हुनाले त्यो हिसावले मैले भूमिका खेल्नै पर्छ ।’ उनले भनिन ।


शाक्यले पुरुष राष्ट्रपति निर्वाचित भईसकेको पछि फेरि पुरुष उपराष्ट्रपतिमा पनि प्रतिस्पर्धामा नहुनु पर्ने हो उनले भनिन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex