काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ ।
चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि संघीय सांसद र प्रदेशसभा सांसदको लागि फरक फरक रंगको मतपत्र रहेको छ ।
संघीय सांसदको लागि उम्मेदवारको फोटो सहित सेतोमा गुलावी रंगको र प्रदेश सांसदको लागि सेतोमा हरियो रंगको मतपत्र मतदानको लागि प्रयोग गरिने भएको हो ।
यस अघि राष्ट्रपति निर्वाचनका पनि यसै प्रकारको मतपत्र प्रयोग गरिएको थियो ।
उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदार छिन ।
मतपत्र प्रकाशन भएपछि अर्का उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको कारण मतपत्रमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवको समेत नाम समावेश गरिएको छ ।
Categorized in राष्ट्रिय