काठमाडौं । भारतबाट तस्करी गरेर ल्याएको खसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीविच झडप भएको खवर छ ।
सुनसरीको सीमावर्ती क्षेत्र घुस्कीमा भएको सो भिडन्त्रमा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गर्नु परेका सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता बाबुराम पाण्डेले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
त्यसैगरी अवस्था नियन्त्रणमा नआएपछि हवाइफायर समेत भएको थियो । सो क्षत्रेमा अझै पनि तनाव रहेको बुझिएको छ । थप प्रहरी बल त्यहा पुगेको छ ।
Categorized in समाज