काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छिन ।
शनिवार बानेश्वरस्थित संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यलय पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन ।
उम्मेदवारी दर्ता गर्ने क्रममा उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्बाङ, पार्टीका वरिष्ठ नेताहरुको उपस्थिती रहेको थियो ।
आजै ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको थियो।
Categorized in राष्ट्रिय