५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

उपत्यकाको नगरपालिका प्रमुख प्रशाकीय अधिकृतहरुो फोरम गठन


प्रकाशित: शनिवार, २७ फागुन २०७९, १०ः१५ बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं उपत्यकाका दुई महानगरपालिकासहित नगरपालिकाहरुको प्रशासकीय अधिकृतहरुको एक भेलाले प्रशाकीय अधिकृत फोरम गठन गरेको छ । 


काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा फोरम गठन भएको हो । 


फोरममा गोकणर्ेश्वर नगरपालिकामा बैकुष्ठप्रसाद सापकोटा, शंखरापुरमा बासुदे्व खनाल, बुढानिलकण्ठमा भुवनेश्वर खनाल, तारकेश्वरमा डा. कृष्णबहादुर घिमिरे, चन्द्रागिरीमा जीवनप्रसाद आचार्य प्रमुख प्रशासकीय अधिकृत छन । 


यसैगरी चाँगुनारायणमा हिरामणि सुवेदी, सूर्य बिनायकमा राजेन्द्रप्रसाद कँडेल, मध्यपुरमा विजयराज सुवेदी, टोखा नगरमा शेरबहादुर बि. सी. कीर्तिपुरमा लक्ष्मीप्रसाद बास्कोटा, कागेश्वरी मनोहरा नगरमा अजय बर्तौला रहेका छन । 

 


फोरमले अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान प्रदान गर्ने फोरम गठनको मुख्य उद्द्श्य हो । 


फोरममा सार्वजनिक महत्वका विषयमा समान धारणा निर्माण गर्ने, जनप्रतिनिधिबाट तर्जुमा भएका नीतिगत निणर्यमा समान बुझाइ बनाएर उपत्यका एकीकृत विकासमा काम गर्ने विषयमा छलफल हुनेछ । 


फागुन २६ गते बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा उपस्थित प्रमुख प्रशासकिय अधिकृतहरुको भेलाले फोरम गठन गरेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex