९ भाद्र २०८३, मंगलबार
Header

उपराष्ट्रपतिको मनोनयन दर्ता भोली, खस/आर्य बाहेकका महिला उम्मेदवार हुन पाउने


प्रकाशित: शुक्रवार, २६ फागुन २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । चैत्र ३ गते हुन गईरहेको उपराष्ट्रपति निर्वाचनको लागि भोली (शनिवार) मनोनय दर्ता गर्ने निर्वाचन आयोगको कार्यकतालिका छ । 


आयोगको शुक्रवार बसेको बैठकले चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ ।


बैठकले खस–आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । 


राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।


विहिवार भएको राष्ट्रपति निर्वाचनमा खस/आर्य समुदायबाट रामचन्द्र पौडेल निर्वाचित भईसकेकोले संविधानतः फरक लिंग वा समुदायका व्यक्ति मात्र उपराष्ट्रपति हुन पाउँनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex