८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

को–को परे फिफा बर्ष खेलाडीको टप टेनमा 


प्रकाशित: बिहिबार, ९ साउन २०७५, १२ः४६ बजे
- महानगरखबर

काठमाडौं । विश्व फुटवलको केन्द्र (फिफा) ले टप टेनमा पर्ने खेलाडीहरुको नाम मंगलबार सार्वजनिक गरेको छ ।

 
फिफाले सन २०१७÷१८ का लागि सार्वजनिक गरेको १० खेलाडीहरु पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन ।

 
यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन ।

 
१० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन ।

 
फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्दै आएको छ ।

 
गत वर्षको जुलाई ३ ९२०१७० बाट यो वर्षको जुलाई १५ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा २५ खेलाडी मनोनयन गरेको फिफाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex